सन्दीप लामिछाने बने म्युजिक कम्पनीको सीईओ
  • काँचुली खबर

१९ साउन, काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टीमका स्टार सन्दीप लामिछानेले व्यवसायिक क्षेत्रमा पनि अघि बढ्ने जमर्को गरेका छन् । उनलाई अब क्रिकेटरसँगै एउटा कम्पनीको सीईओको भूमिकामा समेत देख्न पाइने भएको छ ।

‘सान्सिक प्रोडक्सन’ नाम म्युजिक कम्पनीमा सन्दीप जोडिएका हुन् । यो कम्पनीमा उनको ४५ प्रतिशत सेयर रहने छ । कम्पनीका संस्थापक सीइओ अनमोल थापा हुन् । बाँकी ५५ प्रतिशत सेयर थापासँगै रहने गरी सम्झौता भएको छ । यस कम्पनीले गीत उत्पादनका साथै म्युजिक भिडिओको निर्माण समेत गर्दै आएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सान्सिक प्रोडक्सनले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेको छ । प्रतिभाशाली तर ‘अन्डररेटेड’ कलाकारहरुलाई यसले महत्व दिने गर्छ । यस कम्पनीले ल्याएका गीतहरुमा सुबोक केसीको आवाज रहेको ‘म हराएँ‘’, गौरव राइको ‘लग्यो रे’, ओयसिस थापाको स्वरमा ‘अन्तिम बिदाइ’, नितेशजंग कुँवरको स्वरमा ‘स्वर्गकी परी’ आदि चर्चित छन् ।

खेलाडीहरुले अन्य व्यवसायमा हात हाल्नु नौलो कुरा भने होइन । विभिन्न देशका चर्चित खेलाडीहरुले खेलकुद वा अन्य क्षेत्रहरुमा लगानी गर्ने गरेका छन् । नेपालमा पनि हालै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एउटा क्याफे खोलेका थिए ।

सन्दीप संगीतमा विशेष रुची राख्छन् । क्रिकेटपछि उनको सोख संगीत हो । उनले केही गीतहरु गाएर रेकर्ड पनि गराएका छन् । सन्दीप केही समयअघि नेपाल क्रिकेट संघ (क्यान) को सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएका थिए । त्यसले गर्दा उनलाई क्रिकेटबाहिर अन्य क्षेत्रमा सक्रिय हुन सहज भएको छ । सेन्ट्रल कन्ट्र्याक्टमा नरहेपछि उनले क्यानबाट मासिक तलव पाउने छैनन् । उनी एक-दुई दिनमा नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा जोडिने तयारीमा रहेका छन् ।

  • २० श्रावण २०८२, सोमबार १४:४५ प्रकाशित
  • Nabintech