विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक, अर्जेन्टिनाको सानदार जित
  • काँचुली खबर

३ असार, काठमाडौं । विश्वकप उपाधि रक्षा अभियानको सुरुआतमै कप्तान लियोनेल मेस्सी चम्किँदा अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को प्रभावशाली जित निकालेको छ।

कान्सास सिटी स्टेडियममा बुधबार भएको समूह ‘जे’ को खेलमा ३८ वर्षीय मेस्सीले ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाए। यो उनको करिअरको पहिलो विश्वकप ह्याट्रिक हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

देशका लागि आफ्नो २ सयौं खेल खेलिरहेका मेस्सीले विश्वकपमा व्यक्तिगत गोल संख्या १६ पुर्‍याएका छन्। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्।

अर्जेन्टिनाले खेलको १७औँ मिनेटमा अग्रता लियो। रोड्रिगो डे पाउलको पासमा मेस्सीले उत्कृष्ट प्रहारमा गोल गरे।

पहिलो हाफमा दुवै टोलीका १-१ गोल अफसाइडका कारण रद्द भएका थिए। खेल रोमाञ्चक बने पनि अर्जेन्टिनाले १-० को अग्रता जोगाएर विश्राममा गएको थियो।

६०औँ मिनेटमा अल्जेरियाका गोलकिपर लुका जिदानको गल्तीको फाइदा उठाउँदै मेस्सीले दोस्रो गोल थपे।

७६औँ मिनेटमा निकोलस गोन्जालेजबाट बल प्राप्त गरेका मेस्सीले पेनाल्टी क्षेत्रबाहिरबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको जित सुनिश्चित बनाए। यो खेलसँगै मेस्सी विश्वकपका छ संस्करण खेल्ने पहिलो खेलाडी पनि बनेका छन्।

सन् १९८२ र १९९० मा उपाधि रक्षा अभियानको पहिलो खेल हारेको अर्जेन्टिनाले यसपटक भने विजयी सुरुआत गरेको छ। तीन पटकको विश्वविजेता अर्जेन्टिनाले अब समूह चरणमा अस्ट्रिया र जोर्डनसँग खेल्नेछ।

  • ३ असार २०८३, बुधबार ०९:३३ प्रकाशित
  • Nabintech