कोहलपुरमा ‘सुरताल म्युजिकल टुर’, प्रकाश सपुतसहित कलाकारले प्रस्तुति दिने
  • काँचुली खबर

८ मंसिर, कोहलपुर । नेपाली कला, संस्कृति तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको ‘सुरताल म्युजिकल टुर २०८३’ अन्तर्गत बाँकेको कोहलपुरमा भव्य सांगीतिक कार्यक्रम हुने भएको छ।

सुरताल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा आगामी मंसिर ११ गते कोहलपुर खेल मैदानमा कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम दिउँसो २ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित गायक प्रकाश सपुतसहित भाका नेपालका प्रमोद एण्ड परम्परा ब्याण्ड, फिरन्ते ब्याण्ड र भाका नेपाल ब्याण्डका कलाकारले विशेष सांगीतिक प्रस्तुति दिनेछन्।

सुरताल म्युजिकल टुरको मुख्य उद्देश्य नेपाली संगीतलाई देशका विभिन्न भूगोल, समुदाय र दर्शकमाझ पुर्‍याउनुका साथै स्थानीय स्तरमा सांगीतिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्नु रहेको आयोजक संस्थाका अध्यक्ष प्रशान्त सुनारले जानकारी दिए।

उनका अनुसार यो टुर मनोरञ्जनका लागि मात्र नभई नेपाली कलाकार, संगीत र सिर्जनालाई देशव्यापी रूपमा जोड्ने अभियानसमेत हो। देशका सातै प्रदेशमा सांगीतिक कार्यक्रममार्फत नेपाली संगीतको पहिचान र पहुँच विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए।

कार्यक्रमको टिकट ई-सेवामार्फत उपलब्ध हुने जनाइएको छ। दर्शकले ३०० रुपैयाँमा तीनवटै सांगीतिक प्रस्तुति हेर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन कृष्णराज अधिकारी र ममता थापाले गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र मनोरञ्जनपूर्ण बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ।

  • ८ मंसिर २०८३, मंगलवार १५:४५ प्रकाशित
  • Nabintech