बैजनाथ मेलामा २ पक्षबीच झडप, ८ राउण्ड गोली चल्याे
  • काँचुली खबर

८ मंसिर, काठमाडौ । बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानीमा मंगलबार बिहानपख गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झण्डप भएको थियो । ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको थियो ।

उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ । दुई पक्षबीच झडप भएर मानवीय क्षतिको अवस्था आउन लागेपछि स्थिीती नियन्त्रणमा लिन इन्सार राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ ।

दुई पक्षबीचको झडपमा परेर एक जना घाइते भएका छन् । अहिले उनको उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

उक्त मेला जागरण्ण युवा क्लब चिसापानी बाँकेले गरेको हो ।

  • ८ मंसिर २०८३, मंगलवार १२:४६ प्रकाशित
  • Nabintech