यस्तो छ विश्वकपको क्वाटरफाइनल पुगेका आठवटै टोलीको यात्रा
  • काँचुली खबर

२५ असार, काठमाडौं । ४८ टोलीको ऐतिहासिक र रोमाञ्चक प्रतिस्पर्धालाई चिर्दै फिफा विश्वकप २०२६ को ‘अन्तिम आठ’ को समिकरण पूरा भइसकेको छ ।

साविक विजेता अर्जेन्टिनाको संघर्षपूर्ण बचाउ, ब्राजिललाई स्तब्ध पार्ने नर्वेको सनसनीपूर्ण उदय र आयोजक टोलीहरूको बिदाइले यसपटकको नकआउट यात्रालाई निकै नाटकीय बनायो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अपराजित स्पेन र फ्रान्सको बलियो लयदेखि मोरक्को र स्विट्जरल्याण्डको कडा रक्षात्मक रणनीतिसम्मले विश्वकपको उपाधि होडलाई थप रोमाञ्चक मोडमा पुर्‍याएको छ ।

फुटबल इतिहासकै सबैभन्दा कठिन र लामो बाटो तय गर्दै यी आठ बलिया टोलीहरू अब सुनौलो ट्रफीको कडा भिडन्तका लागि आमनेसामने हुँदैछन् ।

यस्तो छ हरेक टोलीको समूह चरणदेखि क्वाटरफाइनलसम्मको यात्राः

फ्रान्स

फ्रान्सले समूह ‘आई’ मा आफ्नो आधिपत्य जमाउँदै समूह विजेताको रूपमा नकआउट यात्रा तय गर्‍यो । फ्रान्सले सेनेगलमाथि ३-१, नर्वेमाथि ४-१ र इराकमाथि ३-० को जित निकालेको थियो ।

राउन्ड अफ ३२ मा फ्रान्सले स्वीडेनलाई ३-० ले पराजित गर्‍यो भने राउन्ड अफ १६ मा बलियो रक्षापङ्क्ति भएको पाराग्वेविरुद्ध कप्तान किलियन एम्बाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा १-० को कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

मोरक्को

सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्कोले यसपटक पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै समूह ‘सी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो ।

समूह चरणमा मोरक्कोले ब्राजिलसँग १-१ को बराबरी खेल्दा स्कटल्यान्डलाई १-० अनि हाइटीलाई ४-२ गोलअन्तरले पराजित गर्‍यो ।

राउन्ड अफ ३२ मा मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्‍यो । राउन्ड अफ १६ मा मोरक्कोले आयोजक क्यानाडाविरुद्ध पूर्ण रूपमा हाबी हुँदै ३-० को सहज र शानदार जित दर्ता गर्‍यो ।

अब सेमिफाइनल प्रवेशका लागि उसले फ्रान्ससँग सन् २०२२ को सेमिफाइनल बदला लिने सुनौलो अवसर पाएको छ ।

स्पेन

स्पेनले समूह ‘एच’ को विजेताका रूपमा नकआउटमा स्थान बनाएको थियो । स्पेनले जारी विश्वकपमा हालसम्म एक गोल पनि बेहोरेको छैन ।

समूह चरणमा स्पेनले केप भर्डेसँग गोलरहित बराबरी खेल्दा साउदी अरेबियालाई ४-० अनि उरुग्वेलाई १-० ले पराजित गर्‍यो ।

राउन्ड अफ ३२ मा स्पेनले अस्ट्रियामाथि ३-० को जित हासिल गरेको थियो ।

राउन्ड अफ १६ मा छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलविरुद्धको तनावपूर्ण ‘इबेरियन डर्बी’ मा मिकेल मेरिनोको इन्जुरी समयको थप गोलले स्पेनलाई १-० को रोमाञ्चक जित दिलायो।

बेल्जियम

समूह ‘जी’ मा रहेको बेल्जियम सुरुवातमा केही सुस्त देखिए पनि अन्त्यमा विजेता बन्दै नकआउटमा स्थान बनायो ।

समूह चरणमा बेल्जियमले इजिप्टसँग १-१ अनि इरानसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा न्युजिल्यान्डमाथि ५-१ को फराकिलो जित निकाल्दै समूहविजेता बन्यो ।

राउन्ड अफ ३२ मा बेल्जियमले सेनेगलमाथि २-० ले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित हासिल गर्न सफल भयो ।

राउन्ड अफ १६ मा आयोजक अमेरिकालाई उसैको दर्शकमाझ ४-१ को भारी गोलअन्तरले पराजित गर्दै बेल्जियमले आफ्नो आक्रामक लय फिर्ता पाएको संकेत दियो ।

नर्वे

फ्रान्स सम्मिलित समूह ‘आई’ बाट उपविजेता बन्दै नर्वेले अन्तिम ३२ मा स्थान बनाएको थियो ।

समूह चरणमा नर्वेले फ्रान्ससँग ४-१ को हार बेहोरेपनि सेनेगललाई ३-२ अनि इराकलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

राउन्ड अफ ३२ मा नर्वेले आइभरी कोस्टमाथि २-१ को जित हासिल गर्‍यो । राउन्ड अफ १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले स्तब्ध पार्दै नर्वेले इतिहास रच्यो ।

विश्वप्रसिद्ध स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गर्दै आफ्नो टोलीलाई क्वाटरफाइनल पुर्‍याए ।

इंग्ल्यान्ड

इंग्ल्याण्डले समूह ‘एल’ मा आक्रामक फुटबल खेल्दै शीर्ष स्थान हासिल गरेको थियो । इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले हराउँदा घानासँग गोलरहित बराबरी खेल्यो भने पानामालाई २-० ले पराजित गर्‍यो ।

राउन्ड अफ ३२ मा इंग्ल्यान्डले कङ्गोलाई २-१ ले पराजित गर्‍यो । १-० ले पछि परेको अवस्थामा इंग्ल्यान्डका ह्‍यारी केनले २ गोल गर्दै टोलीलाई जित दिलाए ।

राउन्ड अफ १६ मा अर्को सह-आयोजक मेक्सिकोको घरेलु मैदान र प्रतिकूल वातावरणमा, १० जनामा समेटिए पनि इंग्ल्यान्डले ३-२ को साहसिक जित निकाल्यो ।

अर्जेन्टिना

लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिनाले समूह ‘जे’ मा विजेता बन्दै नकआउट यात्रा सुरु गर्‍यो ।

समूह चरणमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो भने अस्ट्रियालाई २-० अनि जोर्डनलाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

राउन्ड अफ ३२ मा अर्जेन्टिनाले केप भर्डेमाथि अतिरिक्त समयमा ३-२ को रोमाञ्चक जित निकाल्दै अगाडि बढेको थियो ।

राउन्ड अफ १६ मा इजिप्टविरुद्ध २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले ३-२ को चमत्कारिक पुनरागमन गर्‍यो र प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राख्यो ।

स्विट्जरल्यान्ड

स्विट्जरल्यान्डले समूह ‘बी’ मा निकै अनुशासित र रक्षात्मक खेल खेल्दै शीर्ष स्थान हासिल गर्‍यो । कतारसँग १-१ को बराबरी खेलेको स्विस टोलीले बोस्निया एन्ड हर्जगोभिनालाई ४-१ ले अनि क्यानडालाई २-१ ले हराएको थियो ।

राउन्ड अफ ३२ मा स्विट्जरल्यान्डले अल्जेरियालाई २-० ले पराजित गर्‍यो ।

राउन्ड अफ १६ मा कोलम्बियाविरुद्धको १२० मिनेटको कठिन र गोलरहित बराबरीपछि, पेनाल्टी सुटआउटमा ४-३ को जित निकाल्दै स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भयो ।

अबका खेलहरू

फ्रान्स भर्सेस् मोरक्को : २६ असार (पहिलो क्वाटरफाइनल)

इंग्ल्यान्ड भर्सेस् नर्वे : २७ असार (दोस्रो क्वाटरफाइनल)

स्पेन भर्सेस् बेल्जियम : २८ असार (तेस्रो क्वाटरफाइनल)

अर्जेन्टिना भर्सेस् स्विट्जरल्यान्ड : २८ असार (चौथो क्वाटरफाइनल)

  • २५ असार २०८३, बिहीबार १३:४६ प्रकाशित
  • Nabintech