३ असाेज, काेहलपुर । नेपाली संगीतप्रेमीका लागि नयाँ सांगीतिक प्रस्तुति “तिर्सना”को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक ओम शर्मा र गायिका बिन्दु परियारको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडियो आज सार्बजनिक गरिएको हो ।
पत्रकार तथा गीतकार निरज निश्चलको शब्द र चर्चित संगीतकार दिपक शर्माको संगीतमा तयार भएको “तिर्सना” प्रेम, भावना र सांगीतिक मिठासलाई समेटिएको छ भने भिडियोमा दुर्गा राणा मगर, नवीन जिसी, सम्झना खनाल र सफल डि.के.को अभिनय रहेको छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भिडियोमा कलाकारहरूको अभिनयमार्फत गीतको भावनालाई जीवन्त बनाउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
गीतको कन्सेप्ट, कथा तथा निर्देशन नवराज सुवेदीले गरेका छन्। कलाकार तथा प्राविधिक टोलीको मेहनत, सिर्जनशीलता र सहकार्यबाट म्युजिक भिडियोलाई आकर्षक बनाउने प्रयास गरिएको निर्देशक सुवेदीले बताए ।
‘तिर्सना’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा कौशिल्या अस्पतालका कार्यकारी निर्देशक राम न्यौपाने, साहित्यकारहरु कपिल अन्जान, महेन्द्र सेढाई, देवकी निरौला, खोपिराम ओलि, विष्णु वेल्वासे लगाएतले भिडियाे बारे आफ्नाे धारणा राखेका थिए । स्थानियस्तरमै गुणस्तरीय सृजना उत्पादन गर्न सफल भएकाे भन्दै वक्ताहरूले “तिर्सना” टिमलाई बधाई समेत दिएका थिए ।