अडियाे काण्ड प्रकरणमा आशिष मल्ल पक्राउ
  • काँचुली खबर

१२ असोज, काेहलपुर । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ बस्ने ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सामाजिक सञ्जालमा व्यक्तिगत प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत प्रसारण भएको अडियोबारे वास्तविकता बुझ्न प्रहरीले उनलाई सोधपुछ गर्न खोजेको थियो। सो क्रममा प्रहरी टोलीमाथि गालीगलौज गर्नुका साथै सार्वजनिक स्थानमा अशान्ति सिर्जना गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले मल्ललाई नियन्त्रणमा लिई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट दुई दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार उनको CRS विवरण जाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाँकेमा यसअघि नै ६ वटा मुद्दा दर्ता रहेको खुलेको छ।

दर्ता भएका मुद्दामध्ये २०८३/०४/२६ मा दूरसञ्चार ऐनअन्तर्गतको मुद्दा रहेको छ भने अभद्र व्यवहारसम्बन्धी तीनवटा, बैंकिङ कसुरसम्बन्धी एक र ठगीसम्बन्धी एक मुद्दा रहेको प्रहरीले जनाएको छ।

बाँके प्रहरीका अनुसार तीमध्ये केही मुद्दामा उनी फरारसमेत रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • १२ आश्विन २०८३, सोमबार १७:५० प्रकाशित
  • Nabintech