कोहलपुर गोल्डकप: आम्दानी ४४ लाख, खर्च ५४ लाख ७६ हजार
  • काँचुली खबर

२० भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा सम्पन्न चौथो कोहलपुर गोल्डकप-२०८३ काे आय-ब्यय विवरण सार्वजनिक गरिएकाे छ । गाेल्डकप आयाेजक रेसिङ साहारा क्लबले शनिबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियोगिताकाे आय-ब्यय विवरण सार्वजनिक गरेकाे हाे ।

गाेल्डकपबाट ४४ लाख ८६ हजार ३७५ रुपैयाँ आम्दानी भएकाेमा ५४ लाख ७६ हजार रुपैयाँ खर्च भएको प्रतियोगिता संयाेजक कर्ण बहादुर बस्नेतले जानकारी लिए । यसरी खर्च तथा आम्दानीको हिसाब गर्दा ९ लाख ९९ हजार ६२५ रुपैयाँ संचित नोक्सान (घाटा) भएको आयोजकले सार्वजनिक गरेको आर्थिक विवरणमा उल्लेख छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पश्चिम नेपालको चर्चित फुटबल प्रतियोगिताका रूपमा स्थापित गोल्डकप यस वर्ष ‘खेलसँगै पर्यटन, खेलसँगै मनोरञ्जन’ भन्ने मूल नारासहित आयोजना गरिएको थियो। वैशाख १९ गतेदेखि २६ गतेसम्म कोहलपुर नगरपालिका-२ तेह्रबिघास्थित खेलमैदानमा संचालन भएकाे प्रतियोगिताकाे

सार्वजनिक आर्थिक विवरणअनुसार प्रतियोगितामा मैदान मर्मत तथा व्यवस्थापन, मिडिया तथा मार्केटिङ, फ्लेक्स तथा ब्यानर, मञ्च, टेन्ट तथा साउन्ड, पुरस्कार राशि, प्रमाणपत्र-मेडल तथा ट्रफी, यातायात तथा इन्धन, खाना तथा आवास, रेफ्री, अफिसियल तथा खेलाडी भत्ता, उद्घाटन-समापन समारोहलगायत विभिन्न शीर्षकमा खर्च भएको बस्नेतले बताए ।

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य फुटबल खेलको विकाससँगै कोहलपुरलाई स्थानीय पर्यटन तथा खेलकुद पर्यटनको गन्तव्यका रूपमा विकास गर्नु रहेको थियो। नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरका टोलीसँग प्रतिस्पर्धा गराउँदै उनीहरूको खेलस्तर अभिवृद्धि गर्ने तथा क्षेत्रीय र राष्ट्रिय खेलकुद विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितालाई वातावरण तथा वन्यजन्तु संरक्षणसँग समेत जोडिएको आयोजकले जनाएको छ। बाँके राष्ट्रिय निकुञ्जको वन्यजन्तुलाई प्रतियोगिताको मस्कटका रूपमा प्रस्तुत गर्दै खेलकुदमार्फत वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनको सन्देश दिन खोजिएको आयोजकको भनाइ छ।

प्रतियोगिताको उपाधि भने आयोजक कोहलपुर रेसिङ सहारा क्लबले जितेको थियो। प्रतियोगिताले कोहलपुरमा फुटबलको माहोल सिर्जना गर्नुका साथै खेलकुदसँगै पर्यटन प्रवर्द्धनको बहसलाई समेत अघि बढाएको आयोजकको निष्कर्ष छ।

क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने संरक्षक, प्रायोजक, स्थानीय तह, सञ्चारकर्मी, खेलाडी, रेफ्री, स्वयंसेवक तथा सम्पूर्ण खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गरेका छन ।

  • २० भाद्र २०८३, शनिबार १८:५४ प्रकाशित
  • Nabintech