३१ असाेज, काेहलपुर । प्रधानाध्यापक संघ नेपाल बाँकेकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा बिहिबार काेहलपुर पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
प्रधानाध्यापक संघ केन्द्रीय समितिका सचिव वेग बहादुर थापाको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशका महासचिव होमराज खड्काको बिशिस्ट आतिथ्यता भएकाे अन्तरक्रिया कार्यक्रममा बाँके तथा बर्दिया जिल्लामा कार्यरत प्रधानाध्यापकहरूकाे उपस्थिति रहेकाे थियाे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
शुभकामना आदानप्रदानका साथै कार्यक्रममा समसामयिक शिक्षा क्षेत्रका चुनौती र सम्भावनाहरूबारे विचार-विमर्श गरिएको थियो। कार्यक्रममा मुख्यरूपमा प्रधानाध्यापकको भूमिका तथा विद्यालय सञ्चालनमा भोग्नुपरेका चुनौती, अभिभावक शिक्षा र विद्यालयकाे वातावरण, शैक्षिक गुणस्तर अभिवृद्धि र आकर्षण, शिक्षामा प्रविधिको प्रयोग तथा बालमनोविज्ञान र समसामयिक राजनीति तथा शिक्षामा यसको प्रभाव लगाएतका विषयमा गहन छलफल भएकाे थियाे ।
तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरमा हुने
कार्यक्रमका अवसरमा प्रधानाध्यापक संघको तेस्रो राष्ट्रिय सम्मेलन आगामी मंसिर ४ गतेदेखि ६ गतेसम्म जनकपुरमा आयोजना हुन गइरहेको जानकारी गराइएको थियो।
कार्यक्रमको समापन गर्दै प्रधानाध्यापक संघ बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले आगामी मंसिर महिनाभित्र बाँके जिल्लामा कार्यरत सम्पूर्ण प्रधानाध्यापकहरूको सहभागिता रहने गरी जिल्लास्तरीय कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
१ कार्तिक २०८३, शनिबार ०९:४८ प्रकाशित