दशैँ आयो-
गाउँ मुस्कुरायो,
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
घर सजियो,
आँगनमा जमरा उम्रियो,
आमाको मनमा आशाको दियो बल्यो।
चर्खे पिङ मच्चियो,
चङ्गा आकाशमा उड्यो,
केटाकेटी रमाए,
आफन्तहरू भेला भए,
तर आमा ढोकामा उभिएर
परदेशी छोराको बाटो हेरिरहिन्।
उता छोरो घरको दु:ख
देख्न नसकी मुगलान छिरेको,
खाडीको तातो बालुवामा
पसिना बगाउँदै छ,
साहुको ऋण तिर्न आफ्नो
जवानी बेच्दै छ।
आमा गाउँमा छिन्,
छोरो मरुभूमिमा छ,
दुवैको मनमा दशैँ छ,
तर बीचमा साहुको ऋण
बाध्यताको पर्खाल बनेको छ।
घरमा मीठा परिकार पाके,
थालीमा खुसी सजियो,
तर आमाको मनले सोध्यो-
“मेरो छोरो खोई ?
यसपालि पनि आएन ?”
अर्को घरको छोरो
ऋणको भारी बोकेर
जापान
पढ्न गएको छ,
सपना पूरा गर्ने दौडमा
आफ्नै खुसी बिर्सिएको छ।
आमाको फोन आउँछ-
“बाबु, दशैँमा घर आउँछस् ?”
छोरो भन्छ-
“आमा, ऋण धेरै छ,
पढाइ र काम बाँकी छ,
यसपालि आउन सक्दिनँ ।”
आमा चुपचाप फोन राख्छिन्,
आँसु पुछ्छिन्, जमरालाई हेर्छिन्,
अनि मनमनै भन्छिन्- “हे भगवती !
मेरो छोरालाई धनको साथै,
एकपटक घर फर्कने सुख पनि दिनु !”
कस्तो विडम्बना !
छोरो कमाउन विदेश जान्छ,
आमा उसको बाटो हेरेर बस्छिन्,
छोरो पैसा पठाउँछ,
आमा आँसु लुकाएर बस्छिन् ।
अर्को घर छ- भोटेकोशीको बाढीले
जसको संसार नै हल्लाइदियो ।
बाढीले घर मात्र बगाएन,
आमाको सपना बगायो,
बाबुको सहारा बगायो,
बहिनीको भरोसा बगायो ।
छोरो बेपत्ता छ,
आमा प्रतीक्षामा छिन्,
आँखा बाटोमा छन्,
मन भगवानको पाउमा छ ।
सबैले भन्छन्-
“आमा, अब आशा नगर !”
तर आमाको मनले मान्दैन,
उनको विश्वासले हार मान्दैन ।
संसारले आशा छोडे पनि,
आमाले छोराको बाटो छोड्दिनन् ।
खोलाको भेल रोकिएला,
तर आमाको प्रतीक्षा कहाँ रोकिएला र ?
दशैँ एउटै हो, तर पीडा अनेक छन्,
कसैका घरमा आफन्त छन्,
कसैका मनमा केवल सम्झना छन् ।
किन ऋणले छोरालाई रोक्छ ?
किन बाध्यताले आमाको काख रित्त्याउँछ ?
किन बाढीले सपना बगाउँछ ?
किन प्रतीक्षाले आमाको आँखा रसाउँछ ?
घर सजाउनु मात्रै दशैँ होइन होला,
टाढिएका मन जोड्नु पनि त दशैँ हो ।
कुनै आमाको आँखाले ढोका बाहिरको
बाटो हेरिरहेको छ,
कुनै आमाको हातले जमरासँगै
आशीर्वाद साँचिरहेको छ ।
र उनको मनले बिस्तारै भनिरहेको छ-
“दशैँ त आयो, गाउँ पनि हाँस्यो,
घर पनि सजियो,
तर छोरो आएन…….”
२५ आश्विन २०८३, आईतवार १५:४५ प्रकाशित