कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
  • काँचुली खबर

१२ भदौ, काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।

चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डाेकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।

पहिलो जजले ढाँटको पक्षमा २९-२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९-२८ अंक दिए ।

तेस्रो जजले ढाँटकै पक्षमा २९-२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।

ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजपत गर्दै फाईनल पुगेका थिए ।

फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।

  • १२ भाद्र २०८३, शुक्रबार १८:०१ प्रकाशित
  • Nabintech