६ जेष्ठ २०८१, आईतवार
बुबा अन्तिम संस्कारमा भावुक भए जुनियर एनटिआर
  • काँचुली खबर

कलाकार तथा राजनीतिज्ञ नन्दमूरी हरिकृष्णको निधनले तेलेगु फिल्म उद्योग शोकमग्न भएको छ । उनको अन्तिम संस्कार गत ३० अगष्टको दिन हैदबारमा गरिएको थियो । उनको अन्तिम संस्कारको केही तस्वीर र भिडियोहरु इन्टरनेटमा शेयर भइरहेका छन्, जुन तस्वीरहरु हृदयविदारक छन् । केही तस्वीरमा नन्दमूरीका छोरा तथा अभिनेता जुनियर एनटिआर पुरै भावुक भएका दृश्यहरु देखाइएका छन् ।

उनका दाई कल्यानरम पनि निकै भावुक अवस्थामा देखिएका छन्, उनीहरु दुवैका गहभरी आँसु छ । यी दाजुभाईको तस्वीरले सबैलाई एक पटक भावुक बनाउँछ नै ।

सो तस्वीरमा अर्का अभिनेता मनोज पनि देखिएका छन् । उनी पनि त्यस्तै भावुक मुद्रामा देखिएका छन् । मनोजले जुनियर एनटिआरको परिवार गरेको सहयोगको कारण सबैबाट उनको प्रसंसा भइरहेको छ ।

  • १६ भाद्र २०७५, शनिबार १५:५६ प्रकाशित
  • Nabintech