७ असाेज, नेपालगन्ज । बाँकेमा प्रहरीले हवाई फायर गरी १०३ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शंकास्पद व्यक्तिलाई नेपालगञ्ज उपमहानगरपालिका-१४ मा रोक्न खोजेको थियो। प्रहरीका अनुसार रोक्न खोज्दा ती व्यक्ति मोटरसाइकलसहित भाग्न थालेपछि चेतावनीस्वरूप एक राउण्ड हवाई फायर गरिएको थियो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
हवाई फायरपछि पनि भाग्न नछोडेपछि प्रहरीले मोटरसाइकलको टायरमा दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, बहराइच जिल्ला, रुपैडिहा थाना, चकिया रोड ठेगाना भएका २४ वर्षीय नदिम राई रहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रहरीले उनको साथबाट खैरो हेरोइन १०३ ग्राम ७९० मिलिग्राम, भारतीय नम्बर प्लेट UP40J0657 को मोटरसाइकल र एउटा मोबाइल बरामद गरेको छ।
ब्यूरोका अनुसार भारतको बाह्राइचबाट खैरो हेरोइन ल्याई लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गिरोहलाई निगरानी गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका नदिमलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार खैरो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको ब्यूरोले जनाएको छ।
७ आश्विन २०८३, बुधबार ०८:३८ प्रकाशित