२३ बैशाख २०८१, आईतवार
कञ्चनपुर तनाबग्रस्त : बिहिबार दिउँसो ३ बजेदेखी शुक्रबार बिहान ५ बजेसम्मलाई कफ्यूृ
  • काँचुली खबर

महेन्द्रनगर – कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको घोषणा गरेको छ । बिहिबार ३ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लगाइने भन्दै प्रहरीले सर्वसाधारणलाई गन्तव्यमा जान आग्रह गरेको छ ।

कर्फ्यू महेन्द्रनगर बजार क्षेत्रभरी लगाइएको प्रहरीले जनाएको छ । निर्मला पन्तको वास्तविक हत्यारा खोजीको माग गर्दै स्थानीयले आन्दोलन चर्काएपछि त्यहाँको स्थिति जटिल बनेको छ । प्रदर्शनकारीले कञ्चनपुरका प्रहरी प्रमुखको पुत्ला समेत जलाएका छन् ।

  • ७ भाद्र २०७५, बिहीबार १५:१५ प्रकाशित
  • Nabintech