१२ भदौ, काेहलपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार सम्पर्कविहीन हुनेमा १४ जना पुरुष र १३ जना महिला छन्।
उनीहरूमध्ये दुई जना भारतीय नागरिक, २० जना बाँकेका स्थायी बासिन्दा र पाँच जना अन्य जिल्लाबाट बाँकेमा बसोबास गर्दै आएका अस्थायी बासिन्दा रहेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग सम्पर्क हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्राप्त विवरणका आधारमा उनीहरू सम्पर्कविहीन भएको जानकारी सार्वजनिक गरिएको हो।
सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको र उक्त संख्या अझै बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
भोटेकोशीमा आएको आकस्मिक तथा शक्तिशाली बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण विभिन्न बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएका छन्।
रसुवा बाढीपीडितलाई सहयोग गर्न अपिल
यसैबिच, जिल्ला प्रशासन कार्यालय बाँकेले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सक्दो सहयोग गर्न जिल्लावासीलाई अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गरी बाढीपीडितका लागि सरकारले राहत उपलब्ध गराउनुपर्ने भएकाले तत्काल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न जिल्लावासीलाई अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको हस्ताक्षरसहित प्रकाशित सहयोगको अपिलमा सहयोगका लागि विभिन्न बैंकका खाता नम्बर र क्यूआर कोडसमेत राखिएको छ।
१२ भाद्र २०८३, शुक्रबार १६:१५ प्रकाशित