६ जेष्ठ २०८१, आईतवार
१० वर्षपछि बबलीसँग हुनेछ बन्टीको कमब्याक
  • काँचुली खबर

अभिनेता अभिषेक बच्चन दुई वर्षपछि आफ्नो कमब्याकमा पूरा जोशका साथ जुटेका छन् । चाँडै अनुराग कश्यपको निर्देशनमा बनेको उनको फिल्म ‘मनमरर्जिया’ पर्दामा आउँदैछ ।  यो फिल्मका उनको अलावा तापसी पन्नू, व‍िक्की कौशल देखिँदैछन् । यसपछि अभिषेक बच्चन, अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’ गर्दैछन्, जसमा उनको साथ ऐश्वर्या राय र अमिताभ बच्चन देखिने कन्फर्म भएको छ ।

यसैबीच, फेरि एकपटक बच्चन र अभिनेत्री रानी मुखर्जीको जोडी पर्दामा देखिने खबरले बलिउड तताएको छ । यो जोडीलाई अन्तिम पटक फिल्म ‘बन्टी-बबली’ मा देखिएको थियो । अभिषेक-रानीको नयाँ प्रोजेक्टको बारेमा कुनै औपचारिक जानकारी प्राप्त भएको छैन । खबरअनुसार, उक्त फिल्म ‘बन्टी-बबली’ को सिक्वेल हुनेछ । यदी यसो भएको खण्डमा १० वर्षपछि अभिषेक र रानीको एकसाथ कमब्याक हुनेछ । दुईको जोडी अनस्क्रिनमा हिट रहेको थियो ।

यो कपलले एकसाथ ‘युवा’, ‘हम तुम’, ‘बस इतना सा ख्वाब है’, ‘कभी अलविदा ना कहना’, ‘लागा चुनरी में दाग’ जस्ता फिल्ममा काम गरेका थिए । यस्तै, ‘बन्टी-बबली’ यशराज ब्यानरको सुपरहिट फिल्म मध्येको एक हो । यो फिल्मको गीत ‘कजरारे……’ चार्टबीटमा लामो समयसम्म छाएको थियो । अमिताभ-अभ‍िषेक-ऐश्वर्याको जोडीले यसलाई आइकन‍िक गीत बनाएको थियो । फेरि जब ‘बन्टी-बबली’ को सिक्वेल बन्दैछ भने फिल्ममा यो गीतको प्रतिक्षा पनि दर्शकलाई व्यग्र रहनेछ ।

  • ५ भाद्र २०७५, मंगलवार १४:०९ प्रकाशित
  • Nabintech