६ जेष्ठ २०८१, आईतवार
पाकिस्तानका २२ औं प्रधानमन्त्री बने इमरान खान
  • काँचुली खबर

एजेन्सी- इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । उनले शनिबार पाकिस्तानका २२ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहणमा इमरानकी पत्नी बुशरा मेनका पनि सामेल भएकी थिइन् ।

क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका इमरानको पार्टी केही अघि भएको निर्वाचनमा विजयी भएको थियो । इमरान २२ वर्ष राजनीतिमा लागेपछि यो सफलता मिलेको हो । २२ वर्ष । कुनै काम सुरु गरेर पनि सफलता नपाएपछि अधिकांशले ‘हरेश’ खाने समय हो यो । तर, भनिन्छ -हरेश खानु हुँदैन ।

पाकिस्तानमा भएको निर्वाचनमा पहिलो पार्टीका रुपमा आफ्नो पार्टीलाई पुर्याएर विश्वलाई यही सन्देश दिएका छन् इमरान खानले । इमरान खान, यो नाम सुनेपछि क्रिकेटका पारखीले सम्झन्छन्- सन् १९९२ को विश्वकप ,  यो विश्वकपमा पाकिस्तानी टिमको नेतृत्व गरेर इमरानले पाकिस्तानलाई विश्वकप जिताएका थिए ।

दुई दशकअघि इमरानले क्रिकेटबाट सन्न्यास लिए र राजनीतिमा पाइला राखे । त्यही पाइलाले आज उनलाई पाकिस्तानको कमान्ड सम्हाल्ने हैसियतमा पुर्याएको छ । क्रिकेटको क्रिज छोडेर राजनीतिक पारी सुरु गरेका इमरानलाई सुरुमा त्यहाँका मिडिया तथा जनताले उनको समर्थन गरेनन् । अहिले युवाहरु र महिलाहरुले उनको खुलेर प्रशंसा गर्छन् ।

यो २२ वर्षे अवधिमा उनी राजनीतिक तथा सार्वजनिक जीवनका विभिन्न विवादबाट बाहिर रहे । तर, यसपटकको निर्वाचनमा त्यस्तो भएन  उनले अमर्यादित भाषा प्रयोग गरेको आरोप लाग्यो । निर्वाचन आयोगले उनलाई यसबारे सुचना पनि पठाउन पर्यो ।

  • २ भाद्र २०७५, शनिबार १४:१५ प्रकाशित
  • Nabintech