११ बैशाख २०८१, मंगलवार
क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा खेल्ने पहिलो खेल फेसबूक लाइभमार्फत सित्तैमा देखाइने
  • काँचुली खबर

काठमाडौं – हालै रियल मड्रिडबाट युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसका लागि खेल्ने पहिलो खेल फेसबूकमा सित्तैमा लाइभ देखाइने भएको छ । इलेभेन स्पोर्ट्सले सेरी आ र ला लिगासँगको ऐतिहासिक साझेदारीका लागि यो लाइभ गर्न लागेको हो ।

इलेभेन स्पोर्ट्सले प्रत्येक हप्ता कम्तीमा एउटा इटालेली र एउटा स्पेनी खेल सित्तैमा देखाउने भएको छ ।ओल्ड लेडी भनी चिनिने युभेन्टसले चीएभोसँगको पहिलो खेलमा रोनाल्डोलाई मैदानमा उतार्नेछ र त्यसको प्रसारण फेसबूकमा हुन लागेको हो ।

यो खेल भदौ २ गते शनिवार हुनेछ । इलेभेन स्पोर्ट्सको यूके फेसबूक पेजमा खेल लाइभ गरिनेछ । चीएभो विरुद्ध युभेन्टस, जिरोना विरुद्ध भाल्लाडोलिड अनि भ्यालेन्सिया विरुद्ध एट्लेटिको मड्रिड पनि कम्प्युटर स्क्रीनमा हेर्न पाइने भएको छ ।

इलेभेन स्पोर्ट्सका व्यवस्थापकीय निर्देशक ड्यानी मेन्केनले अभूतपूर्व गतिविधिका बारेमा यसो भने, ‘फेसबूकलाई हाम्रो निःशुल्क प्रसारण साझेदार बनाएर हामी आफ्नो प्रमुख विषयवस्तुलाई केन्द्रीय मञ्च दिन चाहन्छौं । हामीहरू नयाँ र विविध
दर्शकमाझ पुग्न खोज्दैछौं र विश्वव्यापी खेलकुद सञ्चारमाध्यममा आफ्नो सिर्जनात्मक नेतृत्वलाई पुष्टि गर्दैछौं ।’

  • २३ श्रावण २०७५, बुधबार १३:५८ प्रकाशित
  • Nabintech