राष्ट्रिय टिममा फर्किए आदिल र जोरा, वेस्ट इन्डिजसँग खेल्ने टोली घोषणा
  • काँचुली खबर

३० भदौ, काठमाडौं । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ ।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा पर्दा जोरा २०२४ को टी-२० विश्वकपपछि पहिलोपटक टोलीमा परेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

दुवैले भारतको आसाममा भएको ५ खेलको टी-२० शृंखलामा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

घोषित टोलीमा रोहितकुमार पौडेल कप्तान र दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् ।

नेपालले वेस्ट इन्डिजविरुद्ध सिरिजमा ३ टि-२० खेल खेल्नेछ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

  • ३० भाद्र २०८२, सोमबार १४:३९ प्रकाशित
  • Nabintech