१४ बैशाख २०८१, शुक्रबार
मेरी मामु नेपाली चलचित्र भाद्र १५ बाट प्रदर्सनमा आउने
  • काँचुली खबर

नेपाली चलचित्र मेरी मामु यहि भाद्र १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ । साेमबार नेपालगन्जमा पत्रकार भेटघाट गरि चलचित्रको टीमले सो कुरा जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा चलचित्र बालमनोबिज्ञानको आधारमा निर्माण भएको कुरा चलचित्रकी नायिका अश्लेशा ठकुरीले जानकारी गराईन । १ करोड २५ लाखको लागतमा निर्माण भएको सो चलचित्रको काठमाडौ, चितवन देबघाट लगाएतका स्थानहरुमा सुटिङ्ग गरिएको जानकारी गराइएको थियो ।
७ बर्षिय बाल कलाकार आयुब सेनको मुख्य भुमिका रहेको सो चलचित्रमा नायक सारु ताम्राकार, नायिका अश्लिशा ठकुरी, कलाकार भुवन चन्द, कुसुम गुरुङ्ग लगाएतको अभिनय रहेको जानकारी गराइएको थियो ।
सो चलचित्रकी नायिका अश्लिशा ठकुरीले यो भन्दा पहिले चलचित्र प्रेम गीत २ मा अभिनय गरीसकेकी छिन ।
पत्रकार भेटघाटमा चलचित्रका नायक सारु ताम्राकार, नायिका अस्लिशा ठकुरी र गायक बादल थापाको उपस्थिती रहेको थियो ।
आँसु सेन फिलिम्स प्रा लिको ब्यानरमा निर्माण भएको सो चलचित्रमा निर्माता सन्तोश सेन र लेखन तथा निर्देशन याम थापाको रहेको छ ।

  • २१ श्रावण २०७५, सोमबार १०:५७ प्रकाशित
  • Nabintech