७ बैशाख २०८१, शुक्रबार
तीन राज्यमन्त्रीको शपथ ग्रहण
  • काँचुली खबर

महेन्द्रनगर । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।

सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन नेता सहभागी भएका छन् । राजपाका सह–महामन्त्री सुरेश मण्डल उद्योग तथा पर्यटन राज्यमन्त्री, डिम्पल झा भौतिक पूर्वाधार राज्यमन्त्री र अभिराम शर्मा सामाजिक विकास राज्यमन्त्री हुनु भएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउतले नेपालीमा शपथको भाषा वाचन गरे पनि मण्डल र शर्माले मैथिली र झाले हिन्दीमा शपथ लिनुभयो । राजपा अध्यक्षमण्डलको सोमबार काठमाडौँमा बसेको बैठकले सरकारमा पार्टीको तर्फबाट ३ जना राज्यमन्त्री पठाउने निर्णय गरेको थियो । प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको गठबन्धनको सरकार छ ।

  • ९ श्रावण २०७५, बुधबार १९:२३ प्रकाशित
  • Nabintech