१६ चैत्र २०८०, शुक्रबार
मतदानस्थलमै विस्फोट, ३१ जनाको मृत्यु
  • काँचुली खबर

काठमाडौं –  पाकिस्तानमा कडा सुरक्षाबीच आमनिर्वाचनका लागि मतदान भइरहँदा विष्फोट भएको छ । पाकिस्तानको क्वेटामा बम विस्फोट गराइँदा ३१ जनाको ज्यान गएको छ ।  मतदान आरम्भ भएको केही घण्टापछि प्रहरीको एउटा भ्यानलाई लक्षित गरी विस्फोट गराइएको अधिकारीहरूले बताएका छन्। देशका अरू भागमा राजनीतिक दलका समर्थक र विरोधीहरूबीच झडपहरू भएका विवरण प्राप्त भएका छन् । चुनावमा पूर्वक्रिकेट खेलाडी इमरान खानको पार्टी पीटीआई र पूर्वप्रधानमन्त्री नवाफ शरिफको दल पीएमएलएनबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतदाताले राष्ट्रिय विधायिका नेशनल एसेम्बलीका २सय ७२ सदस्यलाई प्रत्यक्ष रूपमा छान्नेछन् ।

तीमध्ये ७० स्थान महिला तथा अल्पसङ्ख्यकहरूका लागि आरक्षित छ । १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८ सय ४९ सिटको लागि ११ हजार ८ सय ५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ । त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २ सय ७२ सिटको लागि ३ हजार ४ सय ५९ जना भिड्दैछन भने ४ वटा प्रान्तीय सभाहरुको ५ सय ७७ सिटको लागि ८ हजार ३ सय ९६ उम्मेदवारहरु खडा भएका छन ।

जम्मा ३ सय ४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन ।

 

  • ९ श्रावण २०७५, बुधबार १४:३५ प्रकाशित
  • Nabintech