१० असाेज, काेहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ ढकेरीमा शुक्रबार भएकाे खुकुरी प्रहार काण्डका दुई घाईतेलाई उपचारकालागी लखनउ रिफर गरिएकाे छ ।
खुकुरी प्रहारबाट ढकेरी बजारमा व्यवसाय गर्ने स्थानीय राजकुमार खत्री र सेवाग्राही स्थानीय कमल ओली गम्भीर घाइते भएका छन् । स्कुटरमा आएका दुई जनाले उनीहरूमाथि खुकुरी प्रहार गरेकाे स्थानियले बताएका छन । गम्भीर घाइते खत्री र ओलीको शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचारपछि शुक्रबार राति नै भारतको लखनउ रिफर गरिएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दुवै जनाको हाल लखनउमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्नेमध्ये एक जनालाई स्थानीयले पक्राउ गरेर इलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा लगाएका छन् । घटनामा प्रयोग भएको एक थान स्कुटर र खुकुरीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
ढकेरी प्रहरी बिटको छेउमै शुक्रबार साँझ करिब सात बजेको समयमा दुईजनामाथि खुकुरी प्रहार भएको थियाे ।
१० आश्विन २०८३, शनिबार १०:५४ प्रकाशित