१६ चैत्र २०८०, शुक्रबार
भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान बरामद
  • काँचुली खबर

कञ्चनपुर  सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरको टोलीले आज बिहान भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ हल्दुखाल क्षेत्रबाट लुकिछिपी ल्याउँदै गरेको १ लाख ८४ हजार बराबरको महिलाले लगाउने १ सय ५४ थान सुट सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले बेवारिसे अवस्थामा रहेको सामान नियन्त्रणमा लिएर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

  • ९ श्रावण २०७५, बुधबार १२:४४ प्रकाशित
  • Nabintech