१५ बैशाख २०८१, शनिबार
राष्ट्रपति पुटिनका आलोचक नभाल्नीको जेलमा निधन
  • काँचुली खबर

४ फागुन, काठमाण्डौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिएका एलेक्सी नभाल्नीको जेलमा आज निधन भएको कारागार प्रशासनले जनाएको छ ।

४७ वर्षीय प्रतिपक्षी नेता नभाल्नीलाई केही समययता ठाउँसारी गरेर आर्क्टिक सर्कल जेलमा राखिएको थियो । केहीबेर हिँडेपछि बिरामी भएका नभाल्नी अचेत भएका र तत्कालै आपत्कालीन सेवालाई खबर गरे पनि बचाउन नसकेको बीबीसीले जनाएको छ । नभाल्नीको मृत्युको कारण पहिचान गर्ने प्रयास भइरहेको खबरमा उल्लेख छ ।

नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १९:१६ प्रकाशित
  • Nabintech