१८ जेठ, काठमाडौं । आसन्न संस्करणको लंका प्रिमियर लिग (एलपिएल) मा तीन नेपाली क्रिकेटरलाई देख्न पाइने भएको छ। यसपटकको एलपिएलमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेललाई देख्न पाइने भएको हो।
सोमबार भएको ड्राफ्टमार्फत सन्दीप र दीपेन्द्रलाई जाफ्ना किंग्स तथा कुशललाई कोलम्बो क्याप्सले अनुबन्ध गरेको हो। योसँगै सन्दीपले २० हजार तथा दीपेन्द्र र कुशलले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् । स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टिममा छनोट भएका छन् ।
सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् ।
एलपिएलको समयमा नेपालले विश्वकप लिग-२ सिरिज खेल्ने तालिका छ। एलपिएल १७ जुलाईदेखि सुरु हुनेछ।
१८ जेष्ठ २०८३, सोमबार १९:३२ प्रकाशित