१९ बैशाख २०८१, बुधबार
विश्वकै पाको उमेरकी मोडल, ९२ वर्षमा पनि मोडलिङमा सक्रिय
  • काँचुली खबर

एजेन्सी । कार्मेन डेलओरिफिस फेशन उद्योगमा कार्यरत सबैभन्दा पाको उमेरकी मोडल हुन् । १३ वर्षको उमेरमा फेशन उद्योगमा छिरेकी डेलओरिफिस अहिले ९२ वर्षकी भइन् ।

ब्याले नृत्यको कक्षामा जान बस चढेर जाँदै गर्दा फोटोग्राफर हर्मन ल्यान्ड्सशोफकी पत्नीले उनलाई भेटेकी थिइन् । १५ वर्षको उमेरमा उनी भोग पत्रिकाको कभर गर्ल बनिन् ।

गएको वर्ष ९२ वर्षको उमेरमा डेलओरिफिस भोग चेकोस्लाभाकियाको कभर तस्बिर बनेकी थिइन् । त्यति बेला उनी विश्वकै सबैभन्दा पाको वर्किङ मोडल थिइन् । न्यूयोर्कमा जन्मिएकी डेलओरिफिसको बाल्यकाल सहज भने थिएन । परिवारको आर्थिक अवस्था ठिक थिएन । कुपोषणका कारण उनलाई ड्रेसहरू यति खुकुलो हुन्थ्यो कि फोटो खिच्दा पछाडिपट्टि सिलाएर लगाउनु पर्थ्यो, कम्मरमा टिस्युले बेर्नु पर्थ्यो ।

तर मोडलिङमा जम्दै गएपछि घरपरिवारलाई पाल्ने सक्ने भइन् । उनको व्यक्तिगत जीवन भने रमाइलो छैन । दुःख, संघर्ष उत्पीडनले भरिएको छ ।

महिला र पुरुष दुवैले आफ्नो ख्याल राख्नु पर्ने अनि आफैँलाई माया गर्नु पर्ने उनी बताउँछिन् । सौन्दर्यलाई टिकाइराख्ने उनको मूल मन्त्र नै बच्चालाई जस्तै गरी आफ्नो हेरचाह गर्नुपर्छ भन्ने छ ।

  • २ माघ २०८०, मंगलवार १४:१९ प्रकाशित
  • Nabintech