क्यानडाको टोरन्टोमा गोलीकाण्ड !
  • काँचुली खबर

क्यानडाको टोरन्टोमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एकजनाको मृत्यु भएको तथा १५ जना घाइते भएको खबर छ ।

प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, गोलीकाण्ड स्थानीय समयअनुसार आइतवार राति १० बजे भएको थियो । ग्रीकटाउनको लोगान एन्ड जेनफोर्थ एभेन्युजमा घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूले सिटी न्युजलाई बताएअनुसार, लगभग २५ चोटि गोली चलेको आवाज सुनिएको थियो । एउटा रेस्टुराँबाहिर गोलीकाण्ड भएको हो । प्रहरी प्रमुख मार्क स्यान्डर्सले १५ जनालाई गोली लागेकोमा एकजनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये नौ वर्षकी एक बच्ची पनि छन् र उनको हालत गम्भीर छ । खबरहरूका अनुसार, आक्रमणकारीको मृत्यु भएको छ तर उसको मृत्यु कसरी भयो भन्ने प्रस्ट छैन । ६ जना पीडितलाई ट्रमा सेन्टर पठाइएको छ भने बाँकीलाई स्थानीय अस्पताल पुर्याईएको छ ।

  • ७ श्रावण २०७५, सोमबार १२:१७ प्रकाशित
  • Nabintech