१४ बैशाख २०८१, शुक्रबार
७० किलो गाँजासहित पर्सामा २ जना पक्राउ
  • काँचुली खबर

पर्सा– पर्सा प्रहरीले ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् ।

गोविन्द टाटासुमोका चालक हुन् । काठमाडौंबाट पर्सागढी नगरपालिका तर्फ आइरहेको ना १ ज २४९३ नम्बरको टाटा सुमोमा चेकजाँचको क्रममा सशस्त्र बेस क्याम्प सोलखपुरको टोलीले शुक्रबार राति ७० किलो गाजा बरामद गरेको हो ।

किताब भनेर गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको छ ।

  • ५ श्रावण २०७५, शनिबार १४:५६ प्रकाशित
  • Nabintech