७ बैशाख २०८१, शुक्रबार
सञ्जयको जीवनीमा फेरि फिल्म बन्ने
  • काँचुली खबर

बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यस फिल्मको तारिफ गरे तर यो फिल्म सञ्जय दत्तको छवि सफा देखाउनका लागि निर्माण गरिएको धेरैको आरोप छ ।
अब दर्शक र क्रिटिक्सको यो आरोप चाँडै दूर हुने भएको छ । फिल्म निर्देशक राम गोपाल वर्मा पनि सञ्जय दत्तको जीवनीमा फिल्म बनाउँदैछन् । यो कुराको पुष्टि मुम्बई मिररसँग कुरा गर्दै राम गोपालले गरेका छन् ।

उनले भने, ‘हो, म यो फिल्म बनाउँदैछु ।’ फिल्ममा को-को कलाकार हुनेछन र सञ्जय दत्तको जिन्दगीसँग जोडिएको कुन घटनालाई देखाइनेछ त्यसको भने जानकारी प्राप्त भएको छैन । भारतीय मिडियाका अनुसार, फिल्म मात्र १९९३ बम बिष्फोट र एके ५६ मा आधारित हुनेछ ।

‘सञ्जू’ ले बनायो रेकर्ड

राजकुमार हिरानीको फिल्म ‘सञ्जू’ ले बक्स अफिमा कयौं रेकर्ड बनाएको छ । रणबीर कपूर स्टारर यो फिल्मले कमाईको मामलामा ३ सय करोडको आँकडा पार गरेको छ । यो रणबीरको पहिलो फिल्म हो, जसले ३ सय करोड कमाउन सफल भएको छ ।

  • ४ श्रावण २०७५, शुक्रबार १३:५७ प्रकाशित
  • Nabintech