१२ जेष्ठ २०८१, शनिबार
१२ सय ४७ किलोको फर्सी !
  • काँचुली खबर

२५ असोज, काठमाडौँ । तपाईँले अहिलेसम्म कति किलोसम्मको फर्सी फलाउनु भएको छ रु १, ५, १० वा कति ? मिनिएसोटाका बागवानी शिक्षक ट्राभिस गेइन्गरले २ हजार ७४९ पाउन्ड (१ हजार २४७ किलो) को फर्सी फलाएका छन् । यो फर्सीले विश्वको सबैभन्दा ठुलो फर्सीको नयाँ विश्व रेकर्ड बनाएको छ ।

अमेरिकाका उत्कृष्ट बास्केटबल खेलाडी माइकल जोर्डनको नामबाट नाम राखिएको यो फर्सी यसअघि रेकर्ड बनाउने फर्सीभन्दा ४७ पाउन्ड ठुलो छ । विजेता फर्सीले क्यालिफोनिर्यामा आयोजित भीमकाय फर्सी प्रतिस्पर्धामा ३० हजार डलर नगद पुरस्कार पनि पाएको छ । गेइन्गरले फर्सीलाई निकै स्याहार सुसार गरेर हुर्काएका थिए । दिनमै १२ पटक पानी हाल्थे ।

अप्रिल १० मा रोपेको फर्सीको बिउलाई हुकाउन मात्रै उनले १५ हजार डलर खर्च गरेका थिए । गएको हप्ता मात्रै प्रतिस्पर्धामा सहभागी हुन उनी फर्सी लिएर पुगेका थिए । गेइन्गर किशोर बेलादेखि नै फर्सी खेती गर्दै आएका हुन् । उनले तीन पटक प्रतिस्पर्धा जितिसकेका छन् ।

यो फर्सी प्रतिस्पर्धा सन् १९७४ मा रमाइलोको लागि सुरु गरिएको थियो । आफूलाई फर्सीको राजधानी भनेर दाबी गर्ने ओहिओ राज्यको सर्कलभिल र क्यालिफोनिर्याको हाल्फ मुन बेबीच कसले ठुलो फर्सी फलाउने भन्ने होड चल्न थाल्यो । सोही होडबाजी अहिले ‘वर्ल्ड च्याम्पियनसिप पम्पकिन वे-अफ’ बनेको छ । यो प्रतिस्पर्धामा सहभागी हुन विश्वभरबाट फर्सी आउने आयोजकहरू बताउँछन् । माइकल जोर्डन अहिलेसम्मकै उत्कृष्ट अमेरिकी बास्केटबल खेलाडी थिए । तर अब भने भीमकाय फर्सी पनि बनेको छ । जोर्डन २३ नम्बरको जर्सी लगाउँथे । प्रतिस्पर्धामा आउँदा गेइन्गर २३ लेखिएको जर्सी लगाएका थिए ।
-एजेन्सी

  • २५ आश्विन २०८०, बिहीबार १७:४१ प्रकाशित
  • Nabintech