४ बैशाख २०८१, मंगलवार
सरकार र केसीको आ-आफ्नै अडानः वार्ता अन्यौलमा
  • काँचुली खबर

जुम्लामा अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता अन्यौलमा परेको छ । डा. केसीलाई काठमाडौं ल्याउनु पर्ने सरकारी अडान र पहिला माग सम्बोधन गर्नुपर्ने केसीको अडानका कारण वार्ता ओझेलमा परेको हो ।
केसीले अध्यादेश अनुसार, विधेयक ल्याउनुपर्ने भन्दै नयाँ विधेयक मान्य नभएको बताउनुभएको छ । यसअघि सरकारले अस्ति सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

टोलीले सोही दिन रातीबाट वार्ता प्रक्रिया थालेपनि आ–आफ्नै अडानका कारण औपचारिक रुप भने लिन सकेको छैन । दुई चरणमा भएको वार्तामा एजेण्डा प्रवेश हुन सकेको छैन । डा. केसीका वार्ता प्रतिनिधि डा. अभिषेकराज सिंहले सरकार वार्तामा गम्भीर नदेखिएको र डा. केसीको जीवनरक्षालाई समेत वेवास्ता गरेकोले वार्ता अघि बढ्न नसकेको बताए ।

यसैबीच अनसनरत डा. केसीको समस्या जटिल बन्दै गएको छ । उनलाई सास फेर्न कठिन भएपछि अत्तालिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । आईतबार रातिदेखि दिनप्रतिदिन उनको स्वास्थ्यमा समस्या बढ्दै गएको छ । जसमा मुटुको चाल तिव्र गतिमा चलिरहेको चिकित्सकले बताएका छन् । स्लाईन दिएको हात सुनिनुका साथै घाँटीमा देखिएको संक्रमण बढ्दै गएको छ । भने, मष्तिकमा देखिएको समस्याले उहाँ बेला-बेला बर्बराउन थालेका छन ।

  • २ श्रावण २०७५, बुधबार ११:५३ प्रकाशित
  • Nabintech