५ जेष्ठ २०८१, शनिबार
बाँकेकी प्रेसु ‘मिस टिन इन्डिया’को ग्रान्ड फिनालेमा छनौट
  • काँचुली खबर

२० साउन, नेपालगन्ज । बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन ।

नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएकी उनकी आमा यामु बुढाक्षेत्रीले बताईन । ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ । त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ।

नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन थिईन । उनी नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिईन । प्रेसुसिंहले मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको प्रतिक्रिया दिईन ।

  • २० श्रावण २०८०, शनिबार १३:३६ प्रकाशित
  • Nabintech