१४ बैशाख २०८१, शुक्रबार
विश्वकप फुटवल : ककसले पाए गोल्डेन बल, बुट, र ग्लोब्स ?
  • काँचुली खबर

काठमाडौँ । रसियामा सम्पन्न २१ औँ संस्करणको विश्वकप फुटवल प्रतियोगितामा फ्रान्स विश्व च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा क्रोयशियालार्इ ४-२ गोलअन्तरले पराजित गर्दे फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको हो ।

क्रोएशियाका कप्तान लुका मोडरिचले रुस विश्वकपको गोल्डन बल अवार्ड जितेका छन् भने प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी फ्रान्सका १९ वर्षीय केलियन एम्बाप्पे घोषित भएका छन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर बन्दै बेल्जियमका गोलकिपर थिवाउट कार्टिजले गोल्डन ग्लोव प्राप्त गरेका छन् । इङ्गल्याण्डका ह्यारी केनले गोल्डेन बुट प्राप्त गरेका छन् । उनले ६ गोल गरेका थिए । फेयर प्ले अवार्ड स्पेनले हात पारेको छ ।

  

  • ३२ असार २०७५, सोमबार ०८:५७ प्रकाशित
  • Nabintech