७ बैशाख २०८१, शुक्रबार
प्रियंका-आयुष्मानबिच इन्गेजमेन्ट
  • काँचुली खबर

नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्। शनिबार राजधानीको एक होटलमा आयोजित समारोहमा प्रियंका र आयुष्मानले परिवारका सदस्यको उपस्थितीमा टिकाटालो गरेका हुन्।

मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ । इन्गेजमेन्टको टिकाटाले गर्दै गर्दा दुबैको परिवार खुशी देखिएका छन् ।

प्रियंका र आयुष्मानको प्रेम मात्र हो, बिहे गर्दैनन् भन्नेहरुका लागि इन्गेजमेन्टले मुख थुनिदिने पक्का छ । रविनाले प्रियंकाको पछाडि जोशी समेत थपिदिएकी छिन् । उनीहरुले बिहे कहिले गर्छन्, पक्का भएको छैन ।

  • ३१ असार २०७५, आईतवार १४:३४ प्रकाशित
  • Nabintech