७ बैशाख २०८१, शुक्रबार
युभेन्टसले रोनाल्डोलाई भित्र्याएको विरोधमा इटालीमा हडताल
  • काँचुली खबर

क्रिष्टियानो रोनाल्डोलाई ११२ मिलियन युरोमा अनुबन्ध गरेको विरोधमा फियाट कारको उत्पादक कम्पनी फियाट क्रिसलर प्लान्टका कामदारहरु हडतालमा उत्रिएका छन् । फियाट कार उत्पादक कम्पनी र युभेन्टस क्लब इटलीको एउटै एग्नेली घरानाले सञ्चालन गर्दै आएको छ । तर, कम्पनीका कर्मचारी युनियनले गरेको निर्णय अनुसार यसले फियाटका लागि लगानी कमजोर हुनेछ ।  उनीहरुले भनेका छन् कि कुनै एकजनालाई सम्बृद्ध पार्नुको सट्टा कम्पनीमा रहेका हजारौं मानिसहरुको भविष्यको ग्यारेन्टी गर्नुपर्छ ।  

 

 

 

 

 

 

 

 

 

 

 

कर्मचारी युनियनका अनुसार यो अस्वीकार्य छ कि कम्पनीले एउटा खेलाडी भित्र्याउनका लागि लाखौं युरो खर्च गरिरहँदा फियाट क्रिसलर प्लान्टका कर्मचारीहरुले ठूलो आर्थिक बलिदान दिएका छन् ।

युभेन्टसले ३३ वर्षीय रोनाल्डोसँग ४ वर्षका लागि गएको मंगलबार सम्झौता गरेको थियो । क्लबले उनलाई बढी मूल्य दिएको विश्लेषकहरुले बताएका छन् ।  तर, फुटबलका फाइनान्स विज्ञ रब विल्सनले भने रोनाल्डोलाई मोहरा बनाएर युेभेन्टसले उनलाई तिरेको मूल्य भन्दा बढी कमाउन सक्छ । त्यसैले उसले पाका खेलाडीलाई धेरै पैसा दिएको भनेर पछुताउनुपर्ने छैन ।

  • २९ असार २०७५, शुक्रबार ११:३४ प्रकाशित
  • Nabintech