१३ बैशाख २०८१, बिहीबार
कण्डम किन्ने मरिष्का कि श्रीमति मरिष्का ?
  • काँचुली खबर

मरिष्का पोखरेलको पहिरन र हाउभाउ हेर्दा लाग्दैन, उनी फिल्ममा पनि ग्ल्यामर बन्न सक्छिन् । किनकी, मरिष्का कार्यक्रममा यति नम्र र सानो स्वरमा बोल्छिन् कि, सुन्न नै गाह्रो हुन्छ । मरिष्का कुनै पनि कार्यक्रममा छोटा पहिरन लगाएर पुगेको देखिदैन । यसैले मरिष्का पोखरेलले फिल्म भित्र पनि आफूलाई बोल्ड बनाउँछिन् भन्ने लाग्दैन ।

मिस्टर भर्जिनको टिजर हेर्दा मरिष्काको अर्कै रुप देखिन्छ । ३ यूवाले किन्न नसकेको कन्डम मरिष्काले कन्डम दिनुहोस् न भन्दै किनेको दृश्यले दर्शकलाई कौतुहल बनाएको छ । मरिष्का पोखरेलको यो रुप दर्शकलाई फरक लाग्न सक्छ ।

मरिष्काको साउन र भदौमा ३ वटा फिल्म रिलिज हुँदैछन् । मिस्टर भर्जिनमा कण्डम किनेकी मरिष्का साउन ४ गते हलमा रिलिज हुने पण्डित बाजेको लौरीमा पण्डितकी श्रीमतिको भूमिकामा छिन् ।

भदौ २९ गते उनले अभिनय गरेको साली कस्को भेनाको फिल्म पनि रिलिज हुँदैछ । दर्शकले श्रीमति मरिष्का कि कन्डम किन्ने मरिष्कालाई मन पराउलान् ? कण्डम किन्ने मरिष्कालाई रुचाए भने मरिष्काले आफूलाई यस्तै चरित्रमा ढाल्न कञ्जुस्याँई गर्लिन् कि नगर्लिन् ?

 

स्रोत : मेरो फिल्म

  • २७ असार २०७५, बुधबार १३:५० प्रकाशित
  • Nabintech