६ बैशाख २०८१, बिहीबार
औद्योगिक करिडोरमा १२ घण्टासम्म अघोषित लोडसेडिङ
  • काँचुली खबर

नेपाल विद्युत्‌‌ प्राधिकरणले सुनसरी-मोरङ औद्योगिक करिडोरमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ गरेपछि उद्योगी समस्यामा परेका छन्।

चर्को मूल्यवृद्धि, महँगो ब्याजदरसँगै नियमित विद्युत्‌ आपूर्तिको समस्याले सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीहरू समस्यामा परेका छन्।

सुनसरी-मोरङ औद्योगिक करिडोरमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको छ। जसका कारण उनीहरूले उद्योगको ५० प्रतिशत उत्पादन कटौती गरेका छन्।

साना-ठूला गरी पाँच सय ६० वटा उद्योग रहेको सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई सातायता हरेक दिन विद्युत्‌ आपूर्ति रोकिएको छ। हरेक दिन १२ घण्टा लोडसेडिङ हुने गरेको उद्योगी बताउँछन्।

  • २६ चैत्र २०७८, शनिबार १७:०१ प्रकाशित
  • Nabintech