७ बैशाख २०८१, शुक्रबार
बाँकेका सर्वस्विकार्य नेता अथक !
  • काँचुली खबर

कात्तिक १, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नंं १ मात्र होईन समग्र बाँके जिल्लाले आशाको रुपमा हेरीएका नेता हुन महेश्वर जंग गहतराज (अथक) । पहिलो पटक संसद निर्वाचित भएसंगै उनि युवा तथा खेलकुद मन्त्री बन्न सफल भए । बिकास प्रेमी, युवा तथा जुझारु, जनसेवी चरित्रका कारण उनि सर्वत्र लोकप्रिय छन ।

उनि यस पटक पनि भारी मत अन्तरले बिजयी भए पुन: शक्तिशाली मन्त्रालय सम्हालेर यस जिल्लाको समग्र बिकासका थप ढोकाहरु खुल्ने आश आम जनमुदायमा छ । त्यती मात्रै होईन गठबन्धनका तर्फबाट उनि दलित समुदायका एक्ला प्रत्यक्ष तर्फका उम्मेदवार हुनुको नाताले पनि उनि सांसद बने लगत्तै मन्त्री बन्ने कुरामा दुबिधा नरहेको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने बताउँछन ।

अथक पहिलो पटक मन्त्री बनेसँगै युवा तथा खेलकुद मन्त्रालयमा थुप्रै नितीगत सुधारका कामहरु सुरु गरेका छन । त्यस्तै पुर्वाधार बिकासतर्फ पनि उनले थुप्रै कदम चालेका छन । झण्डै डेढ वर्षको कार्यकालमा उनि कुनै काण्डमा मुछिएनन् । अर्थात पहिलो कार्यकाल निश्कलंक रुपमा पुरा गरेका छन ।

खेलाडीलाई मनोवल बढाउन पुरस्कारको व्यवस्था, खेलकुद संघहरुलाई एउदै छाता भित्र ल्याउने प्रयास उनले अगाडी बढाएका छन । जनताको सेवा, यस क्षेत्र लगायत बाँके जिल्लाको समग्र बिकास लाई मुल मर्म बनाएर अगाडी बढेका उनि बाँके निर्वाचन क्षेत्र नं. १ मात्र होईन समग्र जिल्लाबासिले आशाका साथ हेरेका नेता हुन ।

सरल सहज र परिपक्व नेतृत्व हुनुका साथै जनयुद्ध देखी हाल सम्म पार्टी आन्दोलनलाई गरेको योगदानका आधारमा उनि पार्टी भित्र पनि एक प्रभावशाली युवा नेताको छबि छ । जनताको माझमा बसेर जनताकालागी योजना निर्माण गर्ने र बिकास आवश्यकताका आधार हुनुपर्ने सोच भएका अथक आफुलाई लागेको प्रष्ट बोल्ने र लागेको कुरा गरेरै छाड्न अडान सहितको नेताका रुपमा चिनिन्छन् ।

जनतालाई ढाँटेर र झुट बोलेर मत माग्नु पर्छ भन्ने आधार आफ्नो नरहेको बताउने अथक आफ्ने कार्यकाल सफल रुपमा सम्पन्न गरेकाले पुन केही बाँकी र अधुरा काम गर्नका लागी चुनाबि मैदानमा होमिएको बताउँछन ।

बाम-लोकतान्त्रीक गठबन्धका तर्फबाट उम्मेदवार बनेका अथक निकै बलिया उम्मेदवार मान्निछन् । यस क्षेत्रको ठुलो दल काँग्रेसको साथ र सर्मथन रहेको र झण्डै आफु समानको एमालेसंगको प्रतिस्प्रर्धा सहज पार गर्ने उनको बुझाई छ । अथकको बिकास प्रेमी छबिका कारण नेपाली काँग्रेसका नेता कार्यक्रर्ताले पनि अथकलाई सहज रुपमा स्विकार गरेका छन । नेपाली काँग्रेसका युवा नेता एवं बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले बाँके क्षेत्र नं १ मा गठबन्धनले सहज जित हासिल गर्ने बताए ।

उनले गठबन्धका उम्मेदवारहरु समेत जुझारु, बिकास प्रेमी र जनतामाझ लोकप्रिय नेता हुनुको नाताले पनि सहज जित हासिल हुने बताए । बाँके क्षेत्र नं. १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नरैनापुरमा जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

कोहलपुर नगरपालिकामा मेयर र उपमेयरसहित ९ वटा वडाहरु नेपाली काँग्रेसले जितेको छ । कोहलपुरका १५ वटा वडाहरुमध्ये एमालेले ३, ५, ७ र ११ गरी चार वटा वडा जितेको छ । १ र ९ नम्बर वडा भने माओवादी केन्द्रले जितेको छ । यसैगरी राप्तीसोनारीमा पनि अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । ९ वटा वडाहरुमध्ये पाँच वटा वडा एमालेले, ३ वटा माओवादी केन्द्रले र एउटा वडा राप्रपाले जितेका छन् ।

यसैगरी नरैनापुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वटा वडा जसपाले र चार वटा वडा काँग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरुले पाएको मतको आधारमा बाँके क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पहिलो पार्टी हो । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, जसपा पाँचौ र एकीकृत समाजवादी छैटौ स्थानमा छन् ।

काँग्रेसको सबैभन्दा धेरै ३० हजार १७४ मत देखिन्छ । एमालेको २६ हजार ४२७ र माओवादी केन्द्रको १७ हजार ११० मत छ । राप्रपाको ४ हजार ९०२, जसपाको ३ हजार ९५१ र एकीकृत समाजवादीको एक हजार ४४६ मत छ ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएकाले यी तीन दलको मत जोड्दा ४८ हजार ७३० मत हुन्छ । एमाले र राप्रपाबीच गठबन्धन भएकाले उनीहरुको मत जोड्दा ३१ हजार ३२९ मत देखिन्छ ।

  • १ मंसिर २०७९, बिहीबार १८:२४ प्रकाशित
  • Nabintech