७ बैशाख २०८१, शुक्रबार
नवोदित गायीका चौधरीको तिज गित सार्वजनिक
  • काँचुली खबर

नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो गीत सार्वजनीक गरीएको छ । नेपालगन्जमा पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको नृत्य देख्न सकिने छ ।

करीव १ लाखको लागतमा उक्त गीतको अडियो, भिडियो निर्माण गरीएको चौधरीले जानकारी दिईन । दाङ निवासी चौधरीले एसएलसी पास गर्न नसकेपछि घरपरीवारले उनलाई विवाह गर्न दवाब दिएको भएपनि गायीका वन्ने इच्छाका कारण चौधरी घरवाट भागेर २०७१ सालमा संगीत सीक्नकालागि नेपालगन्जमा आएको बताउँछिन ।

नेपालगन्जमा संगीत सीकाउने ठाँउहरु प्रयाप्त नभएको उनको दुखेसो छ । नेपालगन्जको होटेल प्रभातमा काम गर्दै दुई दिने चोला बोलको गीतमार्फत सांगीतिक क्षेत्रमा पहिलो पाइला राखेकी चौधरीले आप्mनो स्वर्गीय वुवाको गायक वन्ने सपना आफुले पुरा गरीदिएको बताईन ।

आगामी दिनमा गीत सृजना गर्ने र गायनलाई समेत निरन्तरता दिने चौधरीको योजना छ । गीत वजारमा आएपछि अहिले घरपरीवार, आफन्तजन र साथिहरुको सहयोग पाइरहेको उनको भनाई छ । युट्युवमा पनि राखीएको यो गीतलाई आज शनिवारसम्म ४३ हजार वढिले हेरीसकेका छन् ।

  • २६ श्रावण २०७५, शनिबार १४:०१ प्रकाशित
  • Nabintech