८ बैशाख २०८१, शनिबार
हिरासतमा रहेका पल शाहको ‘पवित्र माया’ चर्चामा
  • काँचुली खबर

अभिनेत एवं मोडल पल शाह अभिनित गायक राजन तामाङको ‘पवित्र माया’ बोलको गीत बजारमा आएको छ । गायक तामाङको सुमधुर आवाज रहेको उक्त गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।

आरबि लामाले संगीत र रचना गरेको उक्त गीतलाई गायक एवं संगीतकार कर्साङ लामाले संगीत संयोजन र ध्वनी सम्पादन गरेका हुन । भिडियोमा अभिनेता पल शाह र मोडल गरिमा शर्माको अभिनय समेटिएको छ । राम कुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

अभिनेता पल शाह भने अहिले प्रहरी हिरासतमा छन । एक नाबालिक गायिकाले करणी गरेको आरोप लागेपछी उनी आफै तनहुँँ प्रहरी कार्यालयमा पुगेका हुन ।

https://www.youtube.com/watch?v=2s0eM6ml9LA

  • २८ फाल्गुन २०७८, शनिबार १३:१९ प्रकाशित
  • Nabintech