७ बैशाख २०८१, शुक्रबार
पहिलो दृष्टिविहीन न्यायाधीश-पाकिस्तान
  • काँचुली खबर

पाकिस्तानका युसुफ सलिमले न्याय क्षेत्रमा एक नयाँ उदाहरण प्रस्तुत गरेका छन् । उनी पाकिस्तानका पहिलो दृष्टिविहीन न्यायाधीश बनेका छन् । मंगलबार उनले पदको शपथ लिएका छन् ।

लाहोरनिवासी युसुफलाई पहिले यो पद दिन इन्कार गरिएको थियो । तर, मुख्य न्यायाधीश मिया साकिब निसारले स्वीकार गरेपछि उनलाई न्यायाधीश बनाइएको हो । युसुफलाई ती एक्काइस सिभिल न्यायाधीशमा सहभागी गराइएको छ जसले लाहोर उच्च न्यायालयमा पद ग्रहण गरेका छन् ।

यस मौकामा मुख्य न्यायाधीश मोहम्मद यावर अलीले सबै न्यायाधीशले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने आशा व्यक्त गरेका छन् । उनले भने, ‘कानुनले जस्तै मानिसलाई बिना कुनै भेदभाव र भयरहित न्याय दिनुपर्दछ ।

  • सजिलो थिएन यात्रा

युसुफ सरकारी कार्यालयमा सहायक निर्देशक पदमा कार्यरत थिए । त्यसपछि उनलाई सिभिल न्यायाधीशको पदका लागि लिइएको लिखित परीक्षामा छनोट गरियो । सो परीक्षा जम्मा ३ सय उम्मेदवारले पास गरेका थिए । अन्तर्वार्ताका क्रममा दृष्टिविहीन भएका कारण उनलाई पदका लागि उपयुक्त मानिएन र न्यायाधीश बनाउन इन्कार गरियो ।

घटनालाई महसुस गरेर चिफ जस्टिस अफ पाकिस्तानले लाहोर कोर्टका न्यायाधीशलाई यो मुद्दाको समीक्षा गर्न निर्देशन दिए । सिजेपीका अनुसार यदि कुनै अभ्यार्थीले सबै मापदण्ड पार गरेर खरो रूपमा उत्रन्छ भने उसलाई मात्र दृष्टिविहीन हुनुको कारण देखाई न्यायाधीश बन्नबाट रोक्नु हुँदैन ।

युसुफ जन्मजात नै दृष्टिविहीन हुन् । उनका दुई बहिनी पनि दृष्टिविहीन नै छन् । एक बहिनी सिभिल सेवा परीक्षा पास गर्ने पहिलो दृष्टिविहीन बनिन् भने अर्की बहिनी लाहोर युनिभर्सिटीमा प्राध्यापन गर्छिन् ।

  • १३ असार २०७५, बुधबार १४:३९ प्रकाशित
  • Nabintech