१३ बैशाख २०८१, बिहीबार
‘प्रचण्ड जस्ता नेता अरु छैनन्’ : मगर
  • काँचुली खबर

विहान १० वजेदेखि साँझ ६ बजेसम्म निरन्तर संघिय संसद सचिवालय रहेको नेकपाको दल कार्यलयमा भेटिने एक पात्र हुन् जंग बहादुर मगर । होचो कदका मगर ३० वर्षदेखि सिंहदरबारमा विभिन्न कुना र कोठाहरुमा यसरी नै भेटिंदै आएका छन् । जागीर प्रवेशमा कार्यलय सहायकबाट २०४५ माघ २ गते सरकारी जागीरे बनेका मगर अहिले पनि कार्यलय सहायककै रुपमा कार्यरत छन् ।
रामेछाप नगरपालिका वडा नं २ का स्थायी वासिन्दा मगर जति होचा छन् त्यो भन्दा धेरै उचाईको सोच राख्दछन् । उनी तहको रुपमा भन्दा कार्यलय सहायक हुन् तर अधिकृत भन्दा धेरै ज्ञान र अनुभव उनीसँग छ ।

पञ्चायत विरोधी आन्दोलनमा कार्यालय सहायकको रुपमै पाखुरामा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका मगर हक्की स्वभावका छन् । असल मान्छेलाई आँखामा राखेपनि नविझाउने मगर खराबका लागि भने ज्याद्रा छन् । उनीलाई पहिलोपटक भेट्नेले कडा मिजासकै पाउँछन् ।
पहिले हुलाक विभाग र त्यसपछि संचार मन्त्रालय र कृषि मन्त्रालय हुँदै संसद सचिवालय अन्तरगत काम गरेका मगरसँग बहुदलका प्रथम प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई देखि गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालसँगका सहकार्यका अनुभवहरु छन् ।

कृष्ण प्रसाद भट्टराईलाई मन पराउने उनी एमालेका पुर्व अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनाल र माओवादीका नेताहरु धेरैसँग राम्रै परिचित छन् । बहुदल आएपश्चात तत्कालिन कृषि सचिव दान बहादुर शाहीले मन्त्री झलनाथ खानलको आदेश नमान्दा वर्खास्त गरिएको घनटना खुब चाखका साथ प्रस्तुत गर्ने उनी माओवादी शान्ति प्रक्रियामा आएदेखि माओवादीको दल कार्यलयमा कार्यरत छन् । तत्कालिन नेकपा माओवादी संविधानसभाको सबैभन्दा ठूलो देखिएको जोश र उत्साह यति चाँडै घट्ला भन्ने उनले सोचेका थिएनन् ।

माओवादी पछि एकीकृत नेकपा माओवादी र त्यसपछि माओवादी केन्द्र हुँदै एमालेसँगको एकतापश्चात नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदासम्मका उनको भोगाइमा टुटेर भन्दा जुटेर नै जनता र देशलाई फाइदा हुन्छ भन्ने निश्कर्ष छ ।
उनी माओवादीबाट फुटेर गएका मोहन बैद्य र बाबुराम भट्टराई तथा नेत्र विक्रम चन्द विप्लवलाई प्रचण्डकै नेतृत्वमा एकीकृत भएको हेर्ने इच्छा व्यक्त गर्दछन् । सबैभन्दा ठूलो नमजा त उनलाई बाबुराम फुटेर जाने कुराले गराएको रहेछ उनलाई । बाबुराम चाहिने मान्छे हुन देशको लागि उनी भन्छ्न अझै उनले एकता गर्नेतिरै सोच्नुपर्छ ।

कम्युनिष्ट विचार राख्ने मगर कम्युनिष्टहरु जुट्दा खुशी लाग्ने र फुट्दा दुखी हुने गरेको अनुभव सुनाउँछन् । पुर्व प्रधानमन्त्री तथा हाल नेकपाका अध्यक्ष प्रचण्डबाट वढि नै प्रभावित उनी गृहमन्त्री रामबहादुर थापा बादल, शुरेश आलेमगर र जनजाती नेताहरुसँग अलि नजीक छन् । उनी भन्छन् प्रचण्ड जस्ता नेता अरु छैनन् । प्रचण्डको क्रियाशीलता, नेतृत्व क्षमता, सहनशीलता, दृढता र लचकता सबै गुणहरु उनलाई प्रचण्डका विशेष मन पर्ने गुण हुन् । त्यसो त उनी कांग्रेस नेतृ मैयादेवी श्रेष्ठ र एमाले नेतृ साहाना प्रधानबाट पनि उस्तै प्रभावित रहेछन् उहाँहरुले त झन छोराजस्तै माया गर्नुहुन्थ्यो उनले भने ।

उमेरले ५० पुगेका मगर २० वर्षका जस्ता जोशीला कुरा गर्छन् । कम्प्युटरमा पार्टीका सबै डकुमेन्टहरु अद्यावधिक गर्ने, साँसदहरुले ल्याएका कागजपत्रहरु फेटोकपी गर्ने, डकुमेन्टहरु प्रीन्ट, इमेल गर्ने, पीजन होलमा सामग्रीहरु व्यवस्थीत गर्ने र सांसदहरुलाई जानकारी गराउने तथा संसदमा हुने गतिविधि र तालिका बारे जानकारी गराउने काम उनको नियमीत काम हो । नेपालका धेरै नेता, मन्त्री र साँसदहरुको बारेमा नजीकबाट जानकारी राख्ने उनको अनुभवबाट नेपालको बहुदल र गणतन्त्रका थुप्रै प्रवृति र समस्याहरुबारे थाहा हुन्छ ।

  • १२ असार २०७५, मंगलवार १५:१२ प्रकाशित
  • Nabintech