७ बैशाख २०८१, शुक्रबार
यसकारण देखिन्छन् डरलाग्दो सपना
  • काँचुली खबर

राती कहिलेकाही डरलाग्दो सपना देखेर निन्द्रा खुल्ने गरेको अनुभव अधिकांशसँग हुन्छ । यस्ता डरलाग्दा सपना देखेर तर्सिने पनि गरिन्छ । कतिपय अवस्थामा त ब्यूझिँदा शरीर पसिना पसिना भइरहेको हुन्छ ।

डरलाग्दा सपनासँग विभिन्न काल्पनिक कुराहरुलाई जोडेर यसको कारण बताइने गरिन्छ । तर वास्तवमा सुताईको अवस्थाका कारणले यस्तो सपना देख्ने गरिन्छ । एक अध्ययनले सपनामा आउने दृश्य सुताईको अवस्थाले निर्देशित हुने देखाएको छ ।

सपनामा देखिने दृश्य र सुताई अवस्थाको सम्बन्धबारे गरिएको सो अध्ययनमा जो व्यक्तिहरु आफ्नो शरीरको बाँया तिर कोल्टो परेर सुत्छन् तिनीहरुलाई डरलाग्दो सपनाले सताउने तथ्य बाहिर आएको हो । हंङकङको सूयान विश्वविद्यालका अनुसन्धानकर्ता क्यालभिन काई चिङको नेतृत्वमा गरिएको सो अध्ययनमा दाँया तिर कोल्टे परेर सुत्ने व्यक्तिहरुको सपना सुखद र आनन्ददायी हुने देखिएको छ ।

अध्ययन अनुसार बाँया फर्केर सुत्ने मध्ये ४० प्रतिशत मानिसहरुमा राती डरलाग्दो सपना आउने र निद्रा खलबलिने गरेको पाइएको छ । दायाँ फर्केर सुत्नेहरुमा यस्तो सपना १४।६ प्रतिशतमा मात्रै पाइयो ।

त्यस्तै सो अध्ययनले घोप्टो परेर सुत्ने मानिसहरुमा यौनसँग सम्बन्धीत सपना आउने गरेको पाइएको छ । र उत्तानो परेर सुत्ने व्यक्तिमा हात बाधिएको, कोठामा थुनिएको तथा चल्नै नमिल्ने गरेको सपना देख्ने गरेको पाइयो । तर हाम्रो समाजमा भने यसलाई ऐठन भन्ने गरिन्छ ।

  • ११ असार २०७५, सोमबार १४:३५ प्रकाशित
  • Nabintech