१६ चैत्र २०८०, शुक्रबार
दुई अनुहार भएका मानिसले गरे आत्महत्या ?
  • काँचुली खबर

संसारमा विभिन्न समयमा विचित्र प्रकारका मानिसहरुको जन्म भइरहेको हुन्छ । तपाईले सायद ति मानिसहरुलाई देख्नुभएको पनि होला तर के कहिल्यै दुई अनुहार भएको एउटै मानिस देख्नु भएको छ ? यसको कल्पना सायद कमै मानिसले मात्रै गरेका होलान्, तर यो साचो हो ।

२० औँ शताब्दीमा बेलायतमा एक यस्ता व्यक्तिको जन्म भएको थियो, जसलाई देखेर मानिसहरुले विश्वास गर्न सकेका थिएनन् । ति ब्यक्तिको दुई अनुहार भएको दाबी गरिएको छ ।

ति व्यक्तिको नाम एडवर्ड मोरड्राके थियो । उनी नै संसारका पहिला दुई अनुहार हुने व्यक्ति हुन् । ति व्यक्तिको एउटा अनुुहार सुत्दा अर्को अनुसार व्युझिँएको हुन्थ्यो । उनी आफ्नो दुई अनुहारको कारण चिन्तित थिए ।

एडवर्डको दोस्रो अनुसार सक्रिय थिएन । तर उनी सुत्न खोज्दा मात्रै त्यो अनुसार सक्रिय हुन्थ्यो । १९८५ मा बोस्टोन पोष्टमा एडवर्डको बारेमा छापिएको एक लेखमा भनिएको छ कि एडवर्ड यो कारणले निकै चिन्तित थिए । २३ वर्षका एडवर्ड आफ्नो दोस्रो अनुहार हटाउनको लागि डाक्टरकोमा पनि नगएका होइनन् । तर उनको ज्यानलाई खतरा हुने भन्दै डाक्टरहरुले उनको उपचार गर्न दिएनन् ।

उनको दोस्रो अनुहारका कारण उनी रातको समयमा बढि चिन्तित हुने गरेका थिए । दोस्रो अनुहारले रातको समयमा उनको कानमा केही भनेजस्तो फुस फुस गरिरहेको हुन्थ्यो । यो अवस्था नरक जस्तो भएको एडवर्डले बताएका थिए । त्यसैकारणले पनि उनले पछि आत्महत्या गरेका थिए । तर केही मानिसहरुले भने उनको अस्तित्वलाई किवदंती मात्रै भएको मान्छन् ।

  • ११ असार २०७५, सोमबार १२:४४ प्रकाशित
  • Nabintech