८ बैशाख २०८१, शनिबार
एउटा तस्वीर जसले मेस्सीलाई रोनाल्डोसँग दाजेर‘मजाक’ बनायो
  • काँचुली खबर

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।

पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल न्इब्त् लेखेको थियो ।

मेस्सी विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडि हुन्। तर रुस विश्वकपमा भने अहिलेसम्म उनको टीम अर्जेन्टिनाका तर्फबाट जाँदू देखाउनसकेका छैनन् ।

अर्जेन्टिनाले आफ्नो पछिल्लो खेल क्रोएशियासँग ३–० ले पराजय बेहोरेको छ ।

उता उत्कृष्ठ खेलाडीको रेसमा रहेका क्रिस्टियानो रोनाल्डो भने यो विश्वकपमा छाएका छन् । उनले ४ गोल गरेका छन् र रुस विश्वकपको टप स्कोरर पनि हुन् । उनको एकल प्रयासमा पोर्चुगलले दुई खेलमा जीत हात पारेको छ ।

पत्रिकामा मेस्सीको गोट बताउँदै प्रकाशन भएको तस्वीर रोनाल्डोलाई मन परेको थिएन । यति मात्र नभई जारी विश्वकपमा उनले मेस्सीभन्दा उत्कृष्ठ प्रदर्शन गर्दै त्यसलाई थप बल दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्पेनसँगको पहिलो खेलमा रोनाल्डो अगल रुपमा देखा परे । गोल गरेपछि उनले त्यसको सेलिब्रेशन फरक ढंगबाट गरे ।

रोनाल्डोले यो वल्र्डकपमा बोके दाह्री पनि राखेका छन् र स्पेनसँगको खेलमा ह्याट्रिक गरेसँगै उनले दाह्री मुसारेका थिए । जसलाई धेरैले आफूले गोट९९सवैभन्दा सर्बश्रेष्ठ ० भएको भन्दै रोनाल्डोले देखाएको भनि अर्थ लगाएका छन् ।

यस विषयलाई लिएर पनि धेरै फूटबल फ्यानरुले मेस्सीलाई उडाएका छन् । सर्वश्रेष्ठ खेलाडी भनिएका मेस्सीको खेलपछि धेरैले उनलाई ट्रोल गरिरहेका छन् ।

  • ९ असार २०७५, शनिबार १७:५२ प्रकाशित
  • Nabintech