८ बैशाख २०८१, शनिबार
हिलेवर्षाबाट जोगिन डा. पाण्डेको सुझाव
  • काँचुली खबर

केहीदिन अघिदेखि भारतको राजस्थान, लखनउ, उत्तर प्रदेश लगायतबाट नेपालतर्फ आईरहेको आँधीको कारण धुलो मिसिएको हिलेवर्षा तथा माटेवर्षा भइरहेकाले सो बाट बच्च जनस्वास्थ्य बिज्ञ डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन ।

वायुमण्डलमा धूलो सघन रहँदा यस्तो बर्षा हुने र यसबाट बिभिन्न हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु लगायत संक्रमण गराउने ब्याक्टेरिया समेत त्यस्तो पानीमा रही वर्षा हुने हुँदा जिवजन्तु समेतलाई प्रतिकुल हुने डा. पाण्डेले बताए । गतहप्ता मात्र नेपालको पूर्वि भागमा हिलो सहितको वर्षा भएको र सो हिलोमा हानिकारक जिवाणुहरु भेटिएको पाण्डेले दाबी गरे ।
हिलो सहितको वर्षाको पानीको प्रयोगबाट झाडाबान्ता, टाइफाइड, जन्डिसजन्य समस्या, छालाको एलर्जी, आँखाको एलर्जी तथा अन्य महामारी फैलिने सम्भावना रहेकाले सकभर त्यस्तो पानीमा नभिज्न सर्वसाधारणहरुलाई डा. पाण्डेल आग्रह समेत गरेका छन ।

  • ७ असार २०७५, बिहीबार ०६:४८ प्रकाशित
  • Nabintech