४ बैशाख २०८१, मंगलवार
सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु
  • काँचुली खबर

नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ ।

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्नकै लागी एनिमल नेपालको स्पेसल टिम काठमाडौ बाट झिकाइएको छ । एक सातामा दुई सय बढि कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख तथा पशु चिकित्सक डा।अपार पौडेलले जानकारी दिए ।

स्पेसल टिमले नगरमा भएका सामुदायिक कुकुरहरुलाई जालीको सहाराले छोपेर भेटेनरी एम्बुलेन्समा राखी एक दिन आराम गर्न दिएर बन्ध्याकरण गराइने प्रमुख पौडेलले बताए । कुकुरको जनसङख्यामा कमि ल्याई रेविज रोग नियन्त्रण गर्ने उदेश्यले लिइएको पौडेलले जनाए । नेपालगञ्जमा सामुदायिक कुकुरको संख्यामा अत्याधिक बृद्धि हुदाँ विभिन्न दुर्घटना समेत निम्तीएको भन्दै बन्ध्याकरण शिविर सञ्चालन गरीसकेपछि केहि सङख्यामा भएपनि कुकुरको जनसङख्यामा कमि आउने पौडेलले बताए । हाल नेपालगञ्ज क्षेत्रमा एक हजार बढी सामुदायिक कुकुरको रहेको उप महानगर पालिकाले जनाएको छ ।

  • ६ असार २०७५, बुधबार १७:५४ प्रकाशित
  • Nabintech