८ बैशाख २०८१, शनिबार
साउदी अरबका खेलाडी सवार विमानमा आगलागी
  • काँचुली खबर

विश्वकप खेल्न रुस पुगेको साउदी अरबको फुटबल टिम सोमबार राती झन्डै आगलागीको शिकार भएन । बुधबार हुने उरुग्वेसँगको खेलका लागि साउदीको टिम सेन्ट पिटर्सबर्गबाट रोस्तोव जाँदै थियो । रुसी एयरलाइन्सको एयरबसमा यात्रा गरिरहेको टिम ठूलो संकटमा पर्यो जब एयरबसमा प्राविधिक समस्या देखियो । केही समयमा नै विमानमा आगो देखिन थाल्यो ।

सौभाग्य ! पाइलटले विमानलाई रोस्तोव विमानस्थालमा सुरक्षित अवतरण गराए । विमानमा कति जना सवार थिए भन्ने बाहिर आएको छैन तर विमानस्थलले विमानमा भएका सबै यात्रु सुरक्षित भएको जनाएको छ । बेलायती सन्चारमाध्यम द गार्जियनका अनुसार विमानको बाहिरी भागमा पहिले आगो देखिएको थियो । यो घटनाका केही भिडियो अहिले सामाजिक सन्जालमा भाइलर भएका छन् । ती भिडियो विमानभित्रैबाट कैद गरिएको बताइएको छ । तर, उता, विमानस्थालले विमानमा आगो नलागेको भइ केही प्राविधिक समस्या आएको बताएको छ । उता, साउदी अरब फुटबल फेडेरेसनले ट्विट गरेको छ, ‘हामी सबैलाई आश्वस्त पार्न चाहन्छौँ कि विमानमा प्राविधिक समस्या देखिएको हो र सबै खेलाडी सुरक्षित छन् ।’

  • ५ असार २०७५, मंगलवार १३:३८ प्रकाशित
  • Nabintech