११ बैशाख २०८१, मंगलवार
शवलाई नयाँ कारमा राखेर गाडीयो !
  • काँचुली खबर

नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर ९९७ लाख रुपैयाँ० पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।

अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई सहज बनाउनका लागि विलासी गाडी खरिद गर्ने सोच बनाए ।

त्यसकारण यसका लागि उनले बीएमडब्ल्यू एक्सफाइभ किने, बुवाको शवलाई त्यसभित्र राखे र ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरे । शव राखिएको कारलाई पुर्न लागेको तस्बिर अनलाइनमा भाइरल भएपछि यसले विवाद निम्त्याएको छ ।

कोही मानिसले ती व्यक्तिले आफ्नो बुवालाई अन्तिम अवस्थामा दिएको सम्मानको कदर गरेका छन् भने धेरैजसो फेसबुक प्रयोगकर्ता भने उनीसँग रिसाएका छन् ।

उनीहरुले मृतकको मजाक उडाएको भन्दै कार किन्ने पैसाले गाउँको विकास गरेको भए हुन्थ्यो भनी टिप्पणी गरिरहेका छन् ।

‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरुका लागि कार किन्नुहोस् र सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस् । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखे ।

‘त्यो पैसा आवश्यकतामा परेका गाउँलेलाई दिएको भए हुन्थ्यो र कसैले सके त्यो कार पनि लिएर जाउ भन्नुपर्दथ्यो । यस्तो गर्नु अर्थहीन छ । उनको मृत्यु भइसकेको छ । गाउँलेलाई पिउनका लागि राम्रो पानी देउ, ’ अर्का व्यक्तिले थपे ।

  • ४ असार २०७५, सोमबार १५:१५ प्रकाशित
  • Nabintech